Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

    बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 2.9K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडाैं । प्रहरीले बझाङको बुङगलबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका प्रहरीले जनाएकाे छ ।



    सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा छाला र हड्डी फेला पारेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार