Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पुल्चाेक झडपमा ट्राफिकलाई निर्घात कुटपिट गर्ने ७ जना छुटे

    पुल्चाेक झडपमा ट्राफिकलाई निर्घात कुटपिट गर्ने ७ जना छुटे

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी निर्घात कुटपिट गर्ने ७ जना हिरासत मुक्त भएका छन् ।

    निषेधाज्ञाको बेला ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकोले उनीहरुलाई सोमबार छाडिएकाे ललितपुर प्रहरी परिसरले जनाएकाे छ ।



    परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले ७ जनालाई हाजिरी जवानीमा छोडिएको जानकारी दिए । अपराध महाशाखाले पक्राउ गरी परिसरमा बुझाएपछि उनीहरुलाई अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।



    उक्त घटनामा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । १३ जनालाई भने प्रहरीले छोडेको छैन । उनीहरु मध्ये १० जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार