Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • टी–२० क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा चितवन र नवलपरासीका चार जना पक्राउ

    टी–२० क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा चितवन र नवलपरासीका चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.5K
    SHARES

    चितवन । चितवन प्रहरीले सिपिएल टी–२० क्रिकेटमा बाजी राख्ने चार जनालाई पक्राउ गरेको छ। इन्टरनेट ब्राउजर डाइमन्ड एक्सचेज डटकमलगायतका विभिन्न युआरएलहरूको प्रयोग गरी सट्टेबाजीमा संलग्न भएकाहरूलाई चितवन प्रहरीले पक्राउ गरेको हो।

    भरतपुर महानगरपालिका–७ का २२ वर्षीय रिनाज आचार्य, २८ वर्षीय सन्जिल लामिछाने, नवलपरासीको गैंडाकोट नगरपालिका–२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देललाई एक लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीका लागि प्रयोग भएको मोबाइल सहित पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए ।



    उनीहरूले विभिन्न ब्रोकर मार्फत् आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गराएर बाजी राख्ने गरेको थापाले बताए । नगद हारजित हुनेगरी अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने कार्य भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवनका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूरमा चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रवक्ता थापाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार