Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना प्रकोप अनि फिजियोथेरापि

    कोरोना प्रकोप अनि फिजियोथेरापि

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 3.9K
    SHARES

    आज सेप्टेम्बर ८ तारिक, आजको दिन विश्व भरका फिजियोथेरापिष्टहरुले विश्व फिजियोथेरापि दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झैं यस वर्ष डब्लुसीपीटीले यो दिवस मनाउनकाालागि रिह्याविटेशनआफटर कोभिड भन्ने थिमादिएको छ ।

    फिजियोथेरापि भनेको एक उपचार पद्धती हो, जसले उचित शारीरिक क्षमता मुल्याङ्कन गरी मानिसको जीवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नकाालागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथामका साथै बचाउन र लागि सकेकालाई त्यस समस्याबाट बाहिर निस्कन र जसको विभिन्न रोगका कारण शारिरीक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यतिmहरुलाई पुनस्र्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन मद्दत गर्दछ ।



    तर, आज यो समयसम्म आईपुग्दा जनमानसमा फिजियोथेरापि उपचार पद्धतीका बारेमा त्यती राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिस मात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनि फिजियोथेरापिको बारेमा पूर्ण ज्ञान भएको पाइँदैन । फिजियोथेरापि ढाड, कम्मर, घुँडा दुखेका, मुख बाङ्गीएका, प्यालाइसिस भएका व्यतिm र छातीमा खकार जमेका व्यतिm मात्र नभई हरेक व्यतिmलाई आवश्यक छ, चाहे त्यो व्यतिm बच्चा होस् वा बृद्धा, चाहे गर्भवती होस् वा बच्चा जन्माई सकेकी महिला, चाहे सामान्य सल्यक्रिया गर्नु अगाडिका विरामी होस् वा सल्यक्रिया पश्चातका विरामी, चाहे आईसीयूमा भर्ना भएका विरामी होस् या सामान्य उपचार गराइरहेका विरामी सबैलाई फिजियोथेरापि नितान्त आवश्यक छ ।



    मात्र यति फरक छ, सबै समस्याका लागि एकै प्रकारको कसरत नभई प्रत्येक समस्याका लागि व्यतिmको समस्या र शारीरिक क्षमता जाँच र मुल्याङ्कन गरी उपर्युतm कसरत गराई उपचार गरिन्छ ।

    आज विश्व विनासकारी कोभिड–१९ (कोरोना भाइरस)को महामारीसँग सामना गर्दै जुधि रहेको छ । २०१९ को डिसेम्बरमा चीनको बुहान सहरबाट सुरु भएको यो रोग विश्वको २०० भन्दा बढि देशमा फैलिसकेको छ । लाखौँ मानिसले आफ्नो ज्यानगुमाइ सकेका छन् भने करोडौं मानिस यस रोगबाट संक्रमित भएका छन् र संक्रमितको संख्यादिनानु बढ्दै गएको देखिन्छ । यस रोगको प्रकृती सरुवा भई, संक्रमित व्यतिmबाट अरु सम्पर्कमा आएका व्यतिmलाई सर्ने भएकोले यस रोग सर्न नदिनका लागि मास्कको प्रयोग गर्ने, साबुन पानीले राम्रोसँग मिचेर हातधुने र सामाजिक दूरी कायम रहेको छ । यसका साथै संक्रमण भएका व्यतिmको सम्पर्कमा आएका व्यतिmको पहिचान गरी त्यस्ता व्यतिmलाई क्वारेन्टाइनमा राखि कोभिड जाँच गर्ने र संक्रमित व्यतिmको पहिचान गरी आइसोलेशनमा राखि उपचार गर्ने गरिएको छ ।

    प्रत्येक देशले यो रोग फैलन नदिन राष्ट्रियस्तरमा लकडाउन गरिरहेका छन् । कतिपय राष्ट्रहरुले यहि उपाय र विभिन्न पद्धतीको प्रयोग पछि दैनिक जीवनमा विभिन्न सावधानी अपनाई सामान्य दैनिक क्रियाकलापमा फर्कन सकेका छन् भने केही राष्ट्रहरु त्यही जमर्कोमा छन् त केही लकडाउनकै यथावस्थामा रही आएका छन् । यस महामारीका बेलामा प्रत्येक राष्ट्रले संक्रमण रोकथामका लागि औल्याएको लकडाउन सह्राहणीय छ । तर, त्यही लकडाउनका कारण अन्य नसर्ने रोग (नन् कम्युनेबल डिजिज)को प्रकोप भने बढ्ने सम्भावना देखिन्छ ।

    यस कोभिड–१९ (कोरोना भाइरस)को महामारीका बेलामा अरु स्वास्थ्यकर्मी जस्तै फिजियोथेरापिष्टहरुले पनि उल्लेखनिय भुमिका निर्वाह गरिरहेका छन् । जो व्यतिm कोभिड–१९ बाट संक्रमित छन्, तर लक्षण देखिएका छैनन्, त्यस्ता व्यतिmको मनोबल बढाउन, शारिरीक स्फूर्ती बढाउन र रोगसँग लड्ने रोग प्रतिरोधात्मकक्षमता बृद्धि गर्न फिजियोथेरापिले कसरतको माध्यमले सहयोग पु¥याइरहेको छ ।

    जो ब्यक्ति संक्रमित भई अति सधन कक्ष (आईसीयू), भेन्टिलेटरमा उपचारार्थ छन्, श्वासप्रश्वास प्रणालीमा समस्या छ, त्यस्ता व्यतिmहरुलाई कसरतको माध्ययमबाट भेन्टिलेटरबाट बाहीर निकाल्न र आईसीयूबाट सामान्य वार्डमा सार्न मद्दत गरिरहेको छ । साथै जो व्यतिm हस्पिटलको लामो बसाई पछि शारीरिक कार्य क्षमतामा ह्रास आएका कारण दैनिक क्रियाकलाप गर्न गाह्रो भएको अवस्थामा छन्, तिनलाई पुर्नस्थापन गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गरीरहेको छ ।

    लकडाउनका समयमा मानिसहरु बाहिर नगई घरमै बस्ने भएकोेले शारिरीक क्रियाकलापमा कमी आएको छ । लकडाउनकै बेला मानिसहरुको खानपानको तौर तरिका परिवर्तन भएको छ, साथै मद्यपान र द्युम्रपानपनि बढ्दो अवस्थामा छ । यस्ता असामान्य रहन सहनले हाम्रो शरीरमा नकारात्मक असर पर्न सक्छ । दैनिक मजदुरी गरी आफ्नो दैनिक रोजीरोटी गर्नेहरुको आयश्रोतको बाटो ठप्प भएको छ भने व्यापार व्यवसाय गर्ने व्यतिmको व्यापार ठप्प भएको छ । जसका कारण मानिसमा मानसिक तनाब (डिप्रेशन) बढेको देखिन्छ ।

    मुटु रोग आज विश्वमा एक मुख्य मृत्युदरको कारण बनिरहेको छ, जसमा मुटु र रगतका नलीहरुमा लाग्ने रोगहरु पर्दछन् । जस्तै हृदयघात र मस्तिस्क पक्षघात जसको मुख्य कारणहरु मधुमेह, उच्चरक्तचाप र अत्याधिक मोटोपना आदि हुनु । यस्तो हुनुमा मानिसको न्युन शारिरीक क्रियाकलाप, मद्यपान, ध्रुम्रपान नै प्रमुख हुन् ।

    आजको यस अवस्थामा कोरोना भाइरसको संक्रमण रोकथामका साथै लकडाउनका कारण आउन सक्ने अरु सम्भावित समस्यालाई कम गर्नका लागि हामी सबै शारिरीक रुपमा क्रियाशील रहन अत्यावश्यक देखिन्छ । शारिरीक व्यायमले हाम्रो शरिरमा हर्मोनको उत्पादनमा मद्दत पुर्याउछ, जसले आलश्यता, थकान र दुर्बल्तालाई कम गर्न टेवा पु¥याउछ । साथै हाम्रो शरिरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्न पनि मद्दत गर्दछ ।

    शारिरीक व्यायमले शरिरको तौल घटाउन र तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ । हामीले खाएको खानामा रहेको ग्लुकोजलाई प्रयोगमा ल्याई रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्दछ । जसका कारण हामीलाई हुन सक्ने मुटु रोगको क्षतीलाई न्युन गर्न सक्छौ । अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनका अनुसार १८ देखि ६९ वर्ष सम्मकाव्यतिmहरुले

    Moderate Intensity Aerobic १५०–३०० मिनेट हप्तामा ५ दिन गर्नु पर्दछ । Aerobic जस्तै, Cycling, Jogging, Walking, Swimming आदी पर्दछ । Strengthening Exercises जस्तै: सामान्य तौल प्रयोग गरी गरिने कसरतहरु हप्तामा २ देखि ३ दिनगर्नु पर्दछ । मांसपेशी तन्काउने कसरत ५ देखि ७ दिन गर्नु पर्दछ । तर, यस लकडाउनका कारण हामी जिम र जुम्बा सेन्टर र अस्पतालमा फिजियोथेरापिष्टको परामर्श लिन जान नसकेको अवस्थामा हामीले घरमै कसरत गर्न सक्छौँ । जस्तैः Aerobic exercisedf marching on place, sit to stand (मेचमा उठबस), dancing etc, Strengthening Exercises मा सामान्य पानीको बोतलप्रयोग गर्न सक्छौँ र साधारण मांसपेशी तन्काउने कसरत गर्न सक्छौं ।

    माथि उल्लेखित शारिरीक व्यायमका साथसाथै आफ्नो खानपिनमा पनि ध्यान दिनु आवश्यक छ । व्यायम गरौँ, स्वस्थ्य बनौँ, आफ्नो दैनिक क्रियाकलापमा आवश्यक सावधानी अपनाऔँ । जस्तैः मास्क लगाउने, सामाजिम दूरी कायम गर्ने, हात धुने, आवश्यक परेको खण्डमा मात्र घरबाट बाहीर निस्कने, घरमै शारिरीक व्यायम जस्ता काम गर्न सकिन्छ । यस्तो कार्यले अवश्य नै हामी एकजुट भई कोभिड–१९ सँग लड्न सक्छौ र अवश्य पनि कोरोनालाई जित्न सक्छौं ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार