Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सीपीएल : सन्दीप लामिछाने सम्मिलित जमैका सेमिफाइनलबाटै बाहिरियो

    सीपीएल : सन्दीप लामिछाने सम्मिलित जमैका सेमिफाइनलबाटै बाहिरियो

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ ।

    जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।



    गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो ।



    जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो । खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन भने असफल भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार