Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रेस ज्याकेट लगाएर ढुंगा हान्नेसहित ४ जनालाई आफन्तको जिम्मामा छाडियो

    प्रेस ज्याकेट लगाएर ढुंगा हान्नेसहित ४ जनालाई आफन्तको जिम्मामा छाडियो

    अनलाइन नेपाल
  • बुधबार, २४ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर जावलाखेलले रातो मच्छिन्द्रनाथकाे रथ तान्नेक्रममा भएको झडपमा पक्राउ परेका ४ जनालाई उपचार गराउन बुधबार आफन्तकोमा जिम्मा लगाइएको छ ।

    परिसरका प्रवक्ता सन्तोष तामाङका अनुसार पाटन अस्पतालमा उपचारमा जानेमा ललितपुर महानगरपालिका–१६ का रविन शाक्य, ७ नम्बर पिलाछे‘का रत्नलाल श्रेष्ठ, २१ नम्बरका असोजकुमार महर्जन र महालक्ष्मी नगरपालिका–१ इमाडोलका अनिश महर्जन छन् । इमाडोलका अनिश प्रेस ज्याकेट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् ।



    ललितपुर महानगर–११ का तापाहिटका अनिल खड्गी भने मंगलबार छुटेका थिए । २० जना पक्राउ गरेकोमा अब ५ जना हिरासतमा छन् । प्रहरीले उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत मुद्दा चलाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार