Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दोहोरो मारमा बिद्यार्थीहरु : परिक्षाका साथै भाडा कसरी तिर्ने भन्ने तनाब

    दोहोरो मारमा बिद्यार्थीहरु : परिक्षाका साथै भाडा कसरी तिर्ने भन्ने तनाब

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 4.9K
    SHARES

    भरत महतारा/  काठमाडौं। कोभिड – १९ ले गर्दा आज बिश्व नै अस्तब्यस्त छ। यसले प्रभाव नगरेको कुनै देश र क्षेत्र नै छैन। कोभिड-१९ का कारण नेपाल पनि अछुतो हुने कुरै भएन ।

    नेपालमा पनि कोभिड -१९ले हरेक क्षेत्रमा असर पारेकै छ । त्यो मध्य एक हो शिक्षा क्षेत्र ,आज नेपालको शिक्षा क्षेत्र लगभग अस्तव्यस्त छ। परिक्षा कहिले हुने अन्योल छ



    गुरुवर्गहरुको हरेक समस्या ,बिद्यालय संचालकको छुट्टै तनाब छ । बिद्यालय ,कलेजहरु कहिलेदेखि सुचारु हुने भन्ने कुनै ठेगाना छैन । नेपालमा मिति २०७६ चैत्र ११ गते देखि बन्दाबन्दी सुरु भइ हाल सम्म विभिन्न ठाउँमा बन्दाबन्दी ,निषेधाज्ञा र सिल भइरहेको छ ।



    आज बिद्यार्थीहरु सहरबाट आफ्नो आफ्नो घर गएका छन् ,जान पनि किन नजाउँन ज्यानको माया सबैलाई लाग्छ । आज कोभिड -१९ ले गर्दा धेरैजसो विद्यार्थीहरु घर गएका छन् , अब परिक्षाको साथै काठमाडौं लगायत देशका ठुला -ठुला सहरमा कोठा भाडामा लिएर बस्ने बिद्यार्थीहरुलाई  कोठा भाडा कसरि तिर्ने भन्ने कुराले मानसिक पिडा थपेको छ ।

    यो कुरा कस्ले बुझ्ने हो ? । विद्यार्थीहरु हाल कुन अबस्थाबाट गुज्रिरहेका छन् भनेर सबैलाई थाहा नै छ । अधिकांश विद्यार्थीहरु गाउँबाट सहरमा भाडामा बसेर पढिरहेका छन् । विद्यार्थीलाई बिहान–बेलुका हातमुख जोड्नै मुस्किल छ ।  कतिले त  ‘पार्टटाइम’  जागिर गरेर पढेर घर खर्च चलाउँथे । तर, हाल उनीहरुसँग न जागिर छ, न पढाइ नै ।

    त्यसैले सबैजसो विद्यार्थीहरु आफ्नो आफ्नो घर गएका छन् । टियूलगायत अन्य बिश्वविधालयले परिक्षा लिने तयारी गरिरहेका छन् । तर, अब बिद्यार्थीलाई परिक्षाका साथै भाडा तिर्ने कसरी भन्ने तनाबले पिरोलिरहेको छ ।

    बिद्यार्थीहरु अब दोहोरो मारमा परेका छन् । अब बिद्यार्थीको पिडालाई सबैले मनन गर्न जरुरी छ । कोभिड -१९ले लगभग ६ महिना लामो बन्दाबन्दीका कारण सबै क्षेत्र ठप्प रहयो, भाडामा बस्ने विद्यार्थी र घरभेटीसँग सुझाब सल्लाह लिए पश्चात ५० ५ घरभाडा छुट दिन पहल कदमी उठाउन नेपाल सरकार मातहतमा रहेका सबै निकायहरुलाई बिनम्र अनुरोध गर्दछु ।

    साथै नेपालका विभिन्न बिधार्थी संगठनहरुलाई पनि ध्यानाकर्षण गराउन चाहान्छु । बिधार्थी संगठनहरुले विभिन्न समयमा बिधार्थीको हक र हितका लागि लडेको कुरा सर्वबिद्दितै छ ।  फेरी पनि समय आएको छ, आवाज बुलन्द पार्ने र बिधार्थीलाई परेको समस्यालाई सबैले प्राथमिकताका साथ लिनु हुने छ भन्नेमा पूर्ण विश्वस्त छु

    ५० प्रतिशत मात्र छुट गर्न सकेपनि विद्यार्थीलाई ठुलो राहत मिल्नेछ । यो एक जना मात्र विद्यार्थीको समस्या हैन, अधिकांश विद्यार्थीहरुको समस्या हो । यसैमा सबैले गहिरिएर अध्यन गरेर ,बिद्यार्थीको पिडामा केहिसम्म भएपनि मलम लगाउन सबैले मद्दत गर्नु हुने छ भन्ने विश्वास लिएको छु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार