Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • २४ घण्टामा ५ जना कोरोना संक्रमित बिरामीको निधन

    २४ घण्टामा ५ जना कोरोना संक्रमित बिरामीको निधन

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका कोरोना संक्रमित ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको गएराति ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

    त्यस्तै, पाटन अस्पतालमा थप १ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।



    पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।  मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ ।



    त्यस्तै,बुटवलस्थित कोरोना विशेष अस्पतालमा  श्वासप्रश्वासमा समस्या आएर उपचार गरिरहेका थप एकजना कोरोना संक्रमितको शुक्रबार राति साढे १२ बजे मृत्यु भएको  छ ।

    आज बिहान मात्र पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८५ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएकोमा आज बिहान निधन भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार