Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना संक्रमण

    थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पिसिआर परीक्षणमा आज सुर्खेतका १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    थपिएका ती सँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको संख्या दुई हजार ७७६ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।



    “आजको रिपोर्ट अनुसार सङ्क्रमित हुनेमा तीन जना थुनुवा, आठ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन्,” उनले भने, “अब सबै क्षेत्रले सरकारले निर्देशन गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्नुको साथै आत्मानुशासित हुन जरुरी छ ।”



    हरेकले भौतिक दूरी कायम गरेर आफ्ना गतिविधि सञ्चालन गर्न सके सङ्क्रमण कम हुने उनको भनाई थियो । त्यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेमा सुर्खेतका छ, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक/एकजना रहेका छन् ।

    आज १६ जनाले कोरोना सङ्क्रमण जितेसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल सङ्ख्या दुईहजार ३९५ पुगेको र सक्रिय बिरामीको सङ्ख्या ३७५ जना रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार