Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मेसी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी

    मेसी सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी

    अनलाइन नेपाल
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.1K
    SHARES

    लन्डन — बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे ।

    यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।



    यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो । कान्तिपुर दैनिकबाट



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार