Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • राखेप कर्मचारीको जिम्मेवारी हेरफेर, प्रशासन शाखामा शारदा दाहाल

    राखेप कर्मचारीको जिम्मेवारी हेरफेर, प्रशासन शाखामा शारदा दाहाल

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो ।

    आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै थिए ।



    इन्द्रबहादुर कार्की संघसंस्था समन्वय शाखा प्रमुख बनेका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए । उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो ।



    त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि पद खाली थियो । केसी २०४५ साल तथा बाँकी २०५३ सालमा परिषद् सेवामा प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार