Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तीव्र गतिका बलर भण्डारीको हात र खुट्टाको सफल शल्यक्रिया

    तीव्र गतिका बलर भण्डारीको हात र खुट्टाको सफल शल्यक्रिया

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो ।

    हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।



    उनी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएबा थिए । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उनको दायाँ खुट्टा र दायाँ हात भाँचिएको छ ।



    धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो ।

    भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन । पछिल्लो समय उनी नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार