Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउन पूर्वकप्तान गावस्करको जोड

    सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउन पूर्वकप्तान गावस्करको जोड

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। यूएइमा आइपिएल खेल्न पुगेका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको बारेमा भारतमा चर्चा भएको छ ।  भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावस्करले  सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् ।

    भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आइपिएलबारे कुरा गर्दै गावस्करले यस्तो धारणा राखेका हुन् ।



    यदि इङल्याण्डले स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई आफ्नो टिमबाट खेलाउन सक्छ भने भारतले सन्दिपजस्तै नेपाली खेलाडीहरुलाई आफ्नो टिममा समावेश गर्नेतर्फ पहल गर्नुपर्ने बताए । गावस्करले सन्दिप राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रंगमा अझै राम्रो गर्न सक्ने पनि बताए । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।



    सन्दिपको प्रशंशा गर्दै गावस्करले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अनुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेको बताए । गत आइपिएलमा सन्दिपले ८ खेलमा १७।२५ को स्ट्राइक रेटमा ८ विकेट लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार