Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चिनियाँ गुप्तचरद्वारा भारतीय पत्रकार खरिद , महत्वपूर्ण कागजात हात पारेको दाबी

    चिनियाँ गुप्तचरद्वारा भारतीय पत्रकार खरिद , महत्वपूर्ण कागजात हात पारेको दाबी

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 3K
    SHARES

    भारतमा पक्राउ परेका नेपाली, भारतीय र चिनिया नागरिक

    एजेन्सी। भारत र चीनबीच सीमामा विवाद चर्कदै जाँदा जासुसीका घटनाहरु सार्वजनिक भएका छन्। दिल्ली पुलिसकाे स्पेशल सेलले चिनियाँ गुप्तचरहरूलाई भारतीय सेना र रक्षा सम्बन्धी महत्वपूर्ण दस्तावेज बेचेकाे आराेपमा स्वतन्त्र पत्रकार राजिव शर्मा सहित एक चिनियाँ महिला र एक नेपाली पुरूषलाई पक्राउ गरेकाे खबर सार्वजनिक भएको छ ।

    उनीहरूले दिल्लीकाे महिपालपुरमा एउटा कम्पनी खाेलेका थिए । त्यही कम्पनीमार्फत काराेबार भईरहेकाे थियाे । उनीहरुमाथि भारतमा रहेका तिब्बती धर्मगुरु दलाई लामाबिरुद्ध जासुसी गरेको आरोप पनि लागेको थियो।



    दिल्लीको पीतमपुरा क्षेत्रमा बस्ने पत्रकारको घरबाट पुलिसले भारतीय रक्षा विभागसँग सम्बन्धित एक ल्यापटप र गोप्य कागजात भेट्टाएको छ। स्वतन्त्र पत्रकारलाई प्रश्न गरेपछि एक चिनियाँ महिला किङ सी र नेपाली नागरिक शेर सिंहलाई पनि पक्राउ गरिएको छ।



    दुवैले गोप्य कागजातको सट्टा राजीव शर्मालाई हवालामार्फत ठूलो रकम दिन्थे।  स्पेशल सेलका डीसीपी संजीव यादवले  सोधपुछको क्रममा राजीव शर्माले गोप्य र संवेदनशील जानकारीको खरीदमा आफ्नो संलग्नता स्वीकारेका छन् ।

    शर्माले चिनियाँ ह्यान्डलर माइकल र जर्जसँग चीनको कुनमिङमा बिभिन्न डिजिटल च्यानलहरू मार्फत कुरा गर्थे। राजीव शर्माले छिट्टै अपरेटरहरुलाई गोप्य कागजात पठाउन लागेका थिए।

    राजीव शर्माले नयाँ दिल्लीको पिटमपुरामा जेभियरको अपार्टमेन्टमा विदेशी खुफिया अधिकारीहरूसँग सम्बन्ध बढाएको खुलेको छ।

    राजीव शर्माले सन २०१०देखी २०१४ सम्म चिनियाँ सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’का लागि साप्ताहिक स्तम्भ पनि लेखेका थिए। यस स्तम्भ अनुसरण गर्दै, एक चिनियाँ गुप्तचर एजेन्ट, माइकलले राजीव शर्मालाई उसको लिंक्डइन खाता मार्फत सम्पर्क गरे।

    एकैचोटि उनलाई चिनियाँ मिडिया कम्पनीसँगको अन्तर्वार्ताको लागि कुनमिंगमा (चीन) आमन्त्रित गरियो। यसको सबै खर्च माइकलले  व्यहोरेका थिए ।  माइकलले  शर्मालाई भारत-चीन सम्बन्धको विभिन्न पक्षमा इनपुट दिन आग्रह गरेका थिए ।

    राजीव शर्मा २०१६ देखी २०१८ सम्म माइकल र शउसँग सम्पर्कमा थिए। उनलाई भूटान-सिक्किम-चीन ट्राइ जंक्शनमा डोकलम, भारत-म्यानमार सैन्य सहयोगको नमुना, भारत -चीन सीमा विवादको बारेमा भारतीय डिप्लोयमेन्ट लगायतका मुद्दाहरु सम्बन्धी जानकारी प्रदान गर्ने जिम्मा दिइयो।

    यसपछि राजीव शर्माले एक पटक माइकल र शउसँग लाओस र माल्दिभ्समा बैठक गरे र यी विषयहरूमा जानकारी दिए। यी भ्रमणहरू बाहेक, शर्मा ईमेल र सोशल मिडिया मार्फत माइकल र शउसँग पनि सम्पर्कमा थिए।

    जनवरी २०१९ मा, राजीव शर्मा जर्ज नाम गरेका अर्का चिनियाँ गुप्तचरको सम्पर्कमा आए। उनी काठमाडौं हुँदै  कुनमिङमा गए र जर्जलाई भेटे। त्यहाँ जर्जलाई चिनियाँ मिडिया कम्पनीको महाप्रबन्धकको रूपमा उल्लेख गरिएको थियो। बैठकमा जर्जले राजीव शर्मालाई दलाई लामा सम्बन्धी मुद्दाहरूमा लेख्न आग्रह गरे।

    राजीव शर्मालाई प्रति लेख ५००  अमेरिकी डलर प्रस्ताव गरिएको थियो। जर्जले शर्मालाई  दिल्लीको महिपालपुरमा रहेको कम्पनीमार्फत पैसा दिएका थिए । राजीव शर्माले जर्जबाट २०१९ देखी २०२० सम्म १० किस्तामा ३० लाख रकम लिएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार