Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चीनद्वारा नेपाली भूमिमा निर्मित भवन क्षेत्रमा खटियो निरीक्षण टोली

    चीनद्वारा नेपाली भूमिमा निर्मित भवन क्षेत्रमा खटियो निरीक्षण टोली

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.6K
    SHARES

    सुर्खेत । चीनद्वारा नेपाली भूमिमा निर्मित भवन क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमन टोली नाम्खा गाउँपालिका-६, लिमीतर्फ गएको हाे।

    सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् । टोलीले स्थलगत अध्ययनका लागि गएको सहायक प्रजिअ हमालकाे भनाइ छ।



    नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको हुम्लाका सहायक प्रजिअ हमालले जानकारी दिए । केही दिन अगाडि मात्रै स्थलगत अनुगमन गरेर आएका हमालले दुई देशको सिमानाभन्दा झण्डै दुई किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार