Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘रेड वाईन’ मा पल र साम्राज्ञीको जोडी

    ‘रेड वाईन’ मा पल र साम्राज्ञीको जोडी

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्स फिल्म ‘रेड वाईन’ मा रहने भएको छ । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको छ । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए ।

    पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्म डेब्यु भनिएको छ । अमेरिकामै सम्पूर्ण छायाँकन हुने बताइएको फिल्म प्रेमकथामा निर्माण हुन लागेको छ । फिल्ममार्फत पहिलो पटक पल र साम्राज्ञी जोडीको रुपमा देखिन लागेका हुन् । फिल्ममा कथा, गीत समेत निर्देशक पौडेलकै रहेको छ ।



    फिल्ममा पल र साम्राज्ञीको अलवा सन्दीप क्षेत्री र अमेरिकामा बसोबास गर्ने इमिली लामा लगायतको मुख्य भूमिका रहेको छ । पासाङ लामा र आर्यन पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा निरू भण्डारी हुन् ।



    आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा र सम्वाद सबिर श्रेष्ठले लेखेका छन् । दशैं र तिहारको बीचमा फिल्मको पुरै छायाँकन अमेरिकामा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार