Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कपिलवस्तुमा बाढीले जिप बगाउँदा एकजनाको मृत्यु, २ जना बेपत्ता

    कपिलवस्तुमा बाढीले जिप बगाउँदा एकजनाको मृत्यु, २ जना बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.6K
    SHARES

    तस्बिर : सामाजिक सञ्जाल

    कपिलवस्तु । कपिलवस्तुमा बाढीले जिप बगाउँदा एकजनाको मृत्यु भएको छ ।

    कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर बचेका छन् ।



    मृत्यु हुनेमा गुल्मी जिल्ला तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको प्रहरीले जनाएकाे छ । बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलामा आएको बाढीले बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो ।



    जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार