Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वाइड बडी र प्रिन्टिङ प्रेस खरिदमा लेखा समितिकाे चासाे, कुनै नतिजा नआएकाे भन्दै प्रगति विवरण मगायाे

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन राखेकाे वाइड बडी खरिदको छानबिन प्रक्रियामा सार्वजनिक लेखा समितिले पुनः चासो राखेको छ ।

खरिद प्रक्रियाको अनुसन्धानको लामो समय बिते पनि कुनै परिणाम नदेखिएको भन्दै समितिले अख्तियारसँग प्रगति विवरण माग गर्ने निर्णय गरेको हो ।

समितिले प्रारम्भिक छानबिनमा खरिद प्रक्रिया पारदर्शी नभएको र अनियमितता देखिएको भन्दै थप अनुसन्धान गर्न अख्तियारलाई सिफारिस गरेको थियो। उपसमिति गठन गरी प्राप्त सुझाव र प्रतिवेदनका आधारमा समितिले अख्तियारलाई छानबिन गर्न पठाएको थियो। तर, लामो समयसम्म कुनै नतिजा नआएको भन्दै समितिले प्रगति माग गरेको हो ।

लेखा समितिको बिहीवारको बैठकमा सांसद मीनेन्द्र रिजालले छानबिनको अवस्थाबारे जानकारी माग गर्नुपर्ने प्रश्न गरेका थिए। सो अनुसार सभापति भरतकुमार शाहले प्रगति विवरण मागका लागि पत्राचार गर्ने निर्णय सुनाएका थिए।

यस्तै, समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको छानबिनबारे पनि जवाफ माग गर्ने निर्णय गरेका छ। प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि समितिले उक्त प्रकरणमा छानबिन गरको थियो। प्रारम्भिक छानबिनमा अनियमितता देखिएको भन्दै समितिले थप छानबिन प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्राचार गरेको थियो।

उक्त प्रकरणमा जोडिएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा समेत दिएका थिए। पछिल्लो समय अख्तियारले उक्त प्रकरणलाई ‘तामेलीमा राख्न हतार’ गरेको भन्ने सार्वजनिक रुपमा समाचारहरु प्रकाशित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077