Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

युवती र ११ लाख रुपैयाँसहित सिंचाई आयोजनाका प्रमुख होटलबाट पक्राउ

काठमाडौं। । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली सिंचाई आयोजनाका निर्देशक प्रचण्डदेव बिष्टलाई पक्राउ गरेकाे छ ।

उनलाई महानगरीय प्रहरी बृत्त जनसेवाले  काठमाडौं सुन्धाराको एक होटलबाट ११ लाख रुपैया र एक युवतीसहित बुधवार राति ११ बजे पक्राउ गरेर अख्तियारलाई बुझाएको हो। सुन्धारास्थित इसन होटलमा राति होहल्ला भैरहेको स्थानीयले गुनासो गरेपछि जनसेवाको टोली त्यहाँ पुगेको थियो । बुधवार मध्यराती होटलमा हल्ला गरेको सुनेपछि प्रहरी कन्ट्रोलको १०० नम्बरमा कसैले फोन गरेर रकमको बारेमा समेत जानकारी दिएको थियो।

अश्वभाविक रुपमा ठूलो रकम फेला पारेपछि प्रहरीले अख्तियारमा खबर गरेको थियो। आयोगको टोलीले ११ लाख रुपैयासहित बिष्ट र युवतीलाई नियन्त्रणमा लिएको थियो। युवतीलाई बिहीवार बिहान छाडेपनि बिष्टलाई भने अख्तियारको हिरासतमा राखिएको छ ।

युवतीको साथमा होटलमा मस्ति गरिरहेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद गरेको थियो ।

दार्चुला घर भएका ५१ वर्षीय प्रचण्डदेव विष्टलाई नियन्त्रणमा लिईएको पुष्टि गर्दै अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले  थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077