Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एकाएक किन सक्रियता वढाउँदैछन् भारतीय राजदूत क्वात्रा ?

    एकाएक किन सक्रियता वढाउँदैछन् भारतीय राजदूत क्वात्रा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि भारतीय राजदूत विनयमोहन क्वात्राले एकाएक सक्रियता वढाएका छन्।

    भारतीय राजदूत क्वात्राको सक्रियता पछिल्ला दिनमा निकै बढेको छ । क्वात्राले २०७७ भदौ २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका थिए । यद्यपि उक्त भेटघाट गोप्य नै राखिएको छ ।



    जनता समाजवादी पार्टीका दोस्रो बरियताका अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता डा. बाबुराम भट्टराई भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट्न बिहीबार भारतीय दूताबासमै पुगेका थिए । उनीहरुको भेट केका लागि थियो भन्ने खुलाइएको छैन ।



    भदौदेखि असोज पहिलो सातासम्म राजदूत क्वात्राले नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत भेटिसकेका छन् ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजदूत क्वात्रालाई भेट गरेको बिषय त उनले सामाजिक संजालमै सार्वजनिक गरेका छन् ।

    प्रवक्ता श्रेष्ठले राजदूत क्वात्रालाई भेट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राखेको भन्दै पब्लिसिटी गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति नेता शेरबहादुर देउवालाई समेत उनले भेटिसकेका छन् ।

    भारतीय राजदूत क्वात्राको एक महिनाायताको भेटघाटले द्वन्द्वकालको घटनालाई स्मरण गराएको छ । द्वन्द्वकालमा जुन ढंगले तत्कालीन भारतीय राजदूत श्यामशरणहरुको सक्रियता देखिएको थियो, त्यही झल्को दिनेगरी नेताहरुको भेटघाट बाक्लिन थालेको छ ।

    भारतले विगतमा नेपालको राजनीतिदेखि प्रशासनमा समेत सानो भन्दा सानो कुरामा चासो राख्ने गरेको थियो, त्यही झल्को यो एक महिनाको क्वात्राको भेटघाटले दिएको छ ।

    परराष्ट्र मन्त्रालयको अनुमतिविना नै नेताहरु भारतीय दूत क्वात्रालाई भेट्न उछिनपाछिन गरिरहेको देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार