Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको निधन

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, ९ असोज २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    धरान।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमित बिरामीको निधन भएको छ ।

    मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जानकारी दियो ।



    कोरोना पुष्टि भएका सप्तरीका राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिएको थियो।



    गत २५ गते संक्रमण पुष्टि भएका उनमा अन्य दीर्घरोग बारे जानकारी नरहेको अस्पतालले जनाएको छ । उनको बिहीबार राति ११ बजे निधन भएको हो ।

    मोरङ कानेपोखरी १ का संक्रमितको पनि बिहीबार साँझ ८ः३० बजे निधन भएको थियो ।  आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार