Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोनाका कारण चाँगुनारायणमा ८८ वर्षीय पुरुषको मृत्यु

    कोरोनाका कारण चाँगुनारायणमा ८८ वर्षीय पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    भक्तपुर । चाँगुनारायण नगरपालिकामा  कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका चानपा–२ झौखेलका ८८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो।

    चानपामा कोरोनाबाट पहिलो मृत्यु भएको हो। चानपाका प्रमुख सोमप्रसाद मिश्रका अनुसार मृतक पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो। जिल्लाको अन्य नगरपालिकाको तुलनामा कोरोना संक्रमण दर न्यून रहेको छ ।



    योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ। यहाँका १८ पुरुष र ७ महिला गरी २५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भैसकेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार