Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • डिउटीमा खटिएका प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ

    डिउटीमा खटिएका प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 4.7K
    SHARES

    भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् ।



    उनीहरूले डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीकाे दावी छ । शनिबार राति मध्यपुर ठिमी नगरपालिका-७ सिद्धिकालीबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।



    महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेका थिए । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार