Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • फेरी सुरू हुदै ‘मुन्द्रेको कमेडी क्लब’, अध्यक्षमा अभिनेत्री करिश्मा मानन्धर

    फेरी सुरू हुदै ‘मुन्द्रेको कमेडी क्लब’, अध्यक्षमा अभिनेत्री करिश्मा मानन्धर

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । काेराेना कहरबाट प्रशारण बन्द भएकाे ‘मुन्द्रेको कमेडी क्लब’ दशैं अघि नै प्रशारणमा आउने भएकाे छ ।

    ‘मुन्द्रेको कमेडी क्लब’ मा अब अध्यक्षको भूमिकामा सदबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धर देखिने भएकी छिन् ।



    अब प्रसारणमा आउने नयाँ भागबाट उनी देखिन लागेकी हुन् । जुन भूमिका यसअगाडि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला देखिँदै आएकी थिइन् ।



    करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ आफु देखिन लागेको जानकारी दिएकी छन् । जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको बताएकी उनले ‘शो’ मा अध्यक्षको भूमिका आफ्ना लागि नौलो भएको बताएकी छन् ।

    लकडाउनका कारण बन्द भएको यो सो फेरि सुरु हुन लागेको हो । नेपाल टेलिभिजनबाट प्रशारण हुने शो शनिबार र आइतबार गरेर ४ भाग छायाँकन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार