Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रिया चक्रवर्ती जमानतमा रिहा, मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्ने

    रिया चक्रवर्ती जमानतमा रिहा, मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्ने

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 3.2K
    SHARES

    एजेन्सी। बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या केसमा जोडिएकी  प्रेमिका रिया चक्रवर्तीलाई बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ ।

    लागूऔषध मुद्दाको अनुसन्धानका लागि झन्डै एक महिनादेखि न्यायिक हिरासतमा रहेकी रियालाई बुधबार बम्बै उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।



    रियासँगै दिपेश सावन्त र स्यामुएल मिरान्डलाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।



    रियाका भाइ शोविक चक्रवर्तीको जमानत याचिका भने अदालतले खारेज गरिदिएको छ । रियाले प्रहरीलाई पासपोर्ट बुझाउनुपर्नेछ भने मुम्बईबाट बाहिर जानुपरेमा अनुमति लिनुपर्नेछ । सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित हुनुपर्ने सर्तमा उनलाई रिहा गर्न बम्बै उच्च अदालतले आदेश दिएको हो ।

    एनसीबीले ९ सेप्टेम्बरमा २८ वर्षीय रियालाई सुशान्त मृत्यु प्रकरणसँग जोडिएको लागूऔषध मुद्दामा  पक्राउ गरेको थियो।  सुशान्तलाई लागूऔषध उपलब्ध गराएको रियामाथि आरोप लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार