Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रुपन्देहीमा थप एक जना कोरोना संक्रमित बिरामीको  मृत्यु

    रुपन्देहीमा थप एक जना कोरोना संक्रमित बिरामीको  मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 2.8K
    SHARES

    फाइल तस्बिर

    रुपन्देही । रुपन्देहीमा थप एक जनाना कोरोना संक्रमित बिरामीको  मृत्यु भएको  छ ।

    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले जनाएका छन् ।



    असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।



    उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए ।

    यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार