Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बोक्सी आरोपमा महिलामाथि कुटपिट गरेर फरार अभियुक्त पक्राउ

    बोक्सी आरोपमा महिलामाथि कुटपिट गरेर फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिए ।

    २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए ।



    कुटपिट पश्चात फरार रहेका यादवलाई पीतिड महिलाको श्रीमान रामनारायण यादवको जाहेरीको आधारमा पक्राउ गरिएको सिंहले बताए ।



    यादवलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिरहाको ठाडीबाट पक्राउ गरिएको सिंहले जानकारी दिए ।

    कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो ।

    घटनामा संलग्न कृष्ण यादव, धर्मनाथ यादवलगायत आरोपीहरु फरार छन् । फरार आरोपीहरुको खोजीकार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार