Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायुसेवा निगमको महाप्रवन्धकमा व्यापारी बतासनिकट पौडेल नियुक्त, योगेशसँग आशा हराउँदै

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा बिबादास्पद  डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

पेशाले चार्टर्ड एकाउन्टेन्ट उनी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भए पनि काँग्रेससँग नजिक छन्। पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य थिए ।

भट्टराई शुरुमा यती समुह अन्तर्गतको हाइ अल्टिच्युट हेलिकोप्टर कम्पनीका अध्यक्ष फुर्वा ग्याजेन शेर्पा र इस्टर्न मोटर्सका कार्यकारी प्रमुख डिमप्रकाश पौडेललाई निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेर विवादमा परेका थिए।

पौडेललाई महाप्रबन्धक नियुक्त गर्न सञ्चालक समितिमा ल्याइएको चर्चा शुरुमै चलेको थियो।

पौडेल नेपाली कांग्रेसनिकट पोखराका ब्यापारी आनन्दराज बतासको गाडी बिक्रेता कम्पनी इस्टर्न मोटर्स प्रालिका सीईओ हुन् ।

[caption id="attachment_35368" align="alignnone" width="1049"] बतास समुहले पौडेललाई निगम संचालक समितीको सदस्य नियुक्ती हुँदा दिएको बधाई, जुन बतास समुहकै फेसबुक पेजमा राखिएको छ[/caption]

भारतीय अटोमोबाइल कम्पनी आइसरको नेपालस्थित अधिकृत बिक्रेता हो, इस्टर्न मोटर्स प्रालि । बतास नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजुका समेत विश्वासपात्र हुन् ।

पौडेलको कनेक्सनबाट बतासले गतबर्ष भारतले बनाइदिएको धर्मशाला होटल संचालनका लागि लिजमा लिएका छन् ।

भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले बतासलाई ठेक्कामा दिएपछि यो बाँदरको हातमा नरिवल साबित भएको छ  ।

पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको छ । जुन ठेक्कामा लिने क्रममा ठूलै आर्थिक चलखेल भएको र त्यसको चाँजोपाँजो सबै प्रकाश पौडेलले नै मिलाएको स्रोतको दाबी छ । पशुपति क्षेत्र तीलगंगामा रहेको सो धर्मशाला अब तीनतारे होटेलका रूपमा सञ्चालन हुँदैछ  ।

होटेलका लागि भारतले धर्मशाला बनाइदिएको थिएन । तर पर्यटन मन्त्रालयका उच्च अधिकारी र कोषका सदस्यसचिव प्रदीप ढकालसहितको समूहले सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर बनाइदिएको धर्मशाला पनि ठेक्कामा दिएर दुरुपयोग गर्दै ब्यक्तिगत लाभ लिएको आरोप छ ।

ब्यापारी बताससँग घुस लिएर धर्मशाला समेत होटल संचालनार्थ ठेक्कामा दिइएकोमा चर्को बिरोध हुँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077