Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चिनियाँ राष्ट्रपतिले भारतबिरूद्ध किन सार्वजनिक रुपमा प्रतिक्रिया दिँदैनन् ?

    चिनियाँ राष्ट्रपतिले भारतबिरूद्ध किन सार्वजनिक रुपमा प्रतिक्रिया दिँदैनन् ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 5.7K
    SHARES

    एजेन्सी। लद्दाखमा  तनाव उत्पन्न भएदेखि पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच नोभेम्बरमा  मिटिङ हुने भएको छ ।

    दुबै नेता नोभेम्बर १९ को ब्रिक्स सम्मेलनमा भिडियो कन्फरेन्समार्फत एक आपसमा आमने सामने हुनेछन् । गत छ वर्षमा कम्तिमा१८ पटक भेट भइसकेका मोदी र शीले सीमा विवाददेखि एक अर्कासँग कुरा गरेका छैनन्।



    त्यसो त चिनियाँ राष्ट्रपति सि जिनपिङले भारतबिरूद्ध अहिलेसम्म प्रत्यक्ष रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।



    भारत बिरूद्ध चिनियाँ विदेश मन्त्रालयका धेरै भनाइहरु बाहिर आए पनि चीनका ठूला नेताहरूबाट कुनै प्रतिक्रिया आएको छैन। जनकी भारतीय नेताहरुले सार्वजनिक रुपमा भारत विरुद्ध चीनले वास्तविक नियन्त्रण रेखालाई उल्लङ्घन गरेको आरोप लगाउने गरेका छन् ।

    दुई देशको सम्बन्धमा निश्चित रूपमा तनाव रहेको छ तर सम्बन्ध टुक्रिएको छैन वा दुबैले औपचारिक रूपमा युद्धको घोषणा भने गरेको छैन। रसियामा हुने १२ औं ब्रिक्स सम्मेलनमा भारत बाहेक ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका  सहभागी हुनेछन्।

    नरेन्द्र मोदी र शी जिनपिङबीच शिखर सम्मेलनको बारेमा  चीनले अहिलेसम्म कुनै सकारात्मक संकेत दिएको छैन।

    डोकलाम संकटपछि पनि दुबै बिचको बैठक एकै ठाउँमा भएको थियो, जब दुबैले आफ्नो स्थिति सहजै देखाएका थिए।

    अब सबैको आँखा नोभेम्बर १९ को ब्रिक्स सम्मेलनमा हुनेछ, जब भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपति भिडीयो कन्फरेन्समा आमने सामने हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार