Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दसैँ यथास्थानमा मनाउन सरकारकाे आग्रह, अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म बन्द

    दसैँ यथास्थानमा मनाउन सरकारकाे आग्रह, अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म बन्द

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै अन्तर्राष्ट्रिय सीमा नाका कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हाे ।



    जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।



    भारतसँग आवात जावतका लागि हाल १० वटा नाका मात्रै खुला राख्ने र अन्य बन्द गर्ने निर्णय भएको छ।

    हाल झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी मात्र भारततर्फ आवतजातका लागि खुला छन्।

    यस्तै आजको मन्त्रिपरिषद् बैठकले दशैं तिहार जस्ता पर्व यथास्थानमा मनाउन समेत जनतालाई अपील गरेको छ। ‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भने।

    सरकारले हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ।

    एक मन्त्रीका अनुसार हवाइ सेवामा अहिले लागु गरिएकाे एकतर्फको सिटमा एक जना मात्रै यात्री रहने व्यवस्था हटाइएकाे छ ।  तोकिएका अन्य स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार