Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अभिनेत्री श्वेतासँग लगनगाँठो कस्दै आदित्य नारायण

    अभिनेत्री श्वेतासँग लगनगाँठो कस्दै आदित्य नारायण

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । गायक आदित्य नारायण झा चाँडै दाम्पत्य जिवनमा बाँधिने भएका छन् ।

    टेलिभिजन रियालिटी शोका सञ्चालकसमेत रहेका झाले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।



    केही समय अघी आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो । इन्डियन आइडलको जजसमेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए ।



    नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्य बताउँछन् । उनी भन्छन्, त्यो केबल मजाक थियो । यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् ।

    स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् । आदित्य र श्वेताको आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘शापित’को सेटमा भएको थियो ।

    आदित्यले भेट भएसँगै एक अर्कालाई मन पराउन थालेको बताएका छन् । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार