Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतीय ब्यापारीद्वारा २ अर्बभन्दा बढी राजस्व ठगी

    भारतीय ब्यापारीद्वारा २ अर्बभन्दा बढी राजस्व ठगी

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सुनको अवैध पैठारी गरेर करिब अढाई अर्बको कर छलि भएको पाइएको छ । राजश्व अनुसन्धान विभाग रुपन्देहीको सिद्धार्थनगरस्थित एक ज्वेलर्स पसलले अवैध रुपमा सुन आयात गरेर कर छलि गरेको फेला पारेको हो । 

    नेपाली नागरिकता समेत लिएका भारतीय नागरिक सुनिल सुनार सञ्चालक रहेको सोनी ज्वेलर्सले अमित परियारलाई मतियार बनाएर सुनचाँदीको अवैध चोरी पैठारी गरेको अभियोग विभागले लगाएको छ ।



    सो दाबीसहित विभागले तुल्सीपुर उच्च अदालतमा २ अर्ब ३९ करोड ५५ लाख १५ हजार विगोसहित जरिवाना र कैद सजाय मागदाबी गरेको हो । सोमध्ये २ अर्ब २३ करोड रुपैंया १३ लाख ३८ हजार रुपैंया भन्सार चोरी पैठारी गरेको र बाँकी १६ करोड ४१ लाख ७७ हजार रुपैंया आयकर छलि गरेको विभागको दाबी छ । 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार