Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लोकसेवाको परीक्षामा कोरोना संक्रमितले सहभागी बन्न नपाउने मापदण्ड सच्याउन माग

    लोकसेवाको परीक्षामा कोरोना संक्रमितले सहभागी बन्न नपाउने मापदण्ड सच्याउन माग

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णयका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण भएको बताए ।



    तिमल्सिनाले भने, लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण छ र यो निर्णयले संक्रमितहरुमाथि दोहरो पीडा थोपर्ने अवस्थाको सृजना गराएको छ । अहिलेको समयमा जुनसुकै बेला जो कोही पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने अवस्थामा ल्याइएको यो प्रावधानका कारण धेरै विद्यार्थीहरु आयोगको परीक्षा दिनबाट वञ्चित हुन सक्ने निश्चित छ ।
    यो विभेदकारी र अन्यायपूर्ण मापदण्डलाई तत्काल सच्याउन सरकार र आयोगसँग नेविसंघको माग छ ।



    महामन्त्री तिमल्सिनाले कोभिड–१९ को महामारी तत्काल अन्त्य हुने अवस्था नरहेको र परीक्षा केन्द्रमा आउन सक्षम संक्रमितहरुका लागि स्वास्थ्य सावधानीका पर्याप्त उपायहरू अपनाउँदै परीक्षा दिने व्यवस्था मिलाउन आयोग र सरकारको ध्यानाकर्षण गराए ।

    यस्तै नेविसंघले शिक्षक सेवा आयोगद्वारा हाल प्रदेश सरकार अन्तर्गत शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णय वर्तमान परिस्थितिमा अत्यन्तै प्रतिकुल र अस्वभाविक भएको जिकिर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार