Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सलमानले घुमाउराे शैलीमा अर्णवलाई दिए यस्ताे जवाफ

    सलमानले घुमाउराे शैलीमा अर्णवलाई दिए यस्ताे जवाफ

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.3K
    SHARES

    एजेन्सी । नायक सुशान्त सिंह राजपुतको निधनपछि केही मिडियाले बलिउडकर्मी साहरुख खान, सलमान खान लगायतलाई अनावश्यक विवादमा तान्ने कोशिश गरिरहेका छन्। मिडिया ट्रायलमा यी कलाकारको नाम ठूलो स्वरले लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    रिपब्लिक भारतका प्रमुख अर्णव गोस्वामीले नायक सलमान खानले ठूलो स्वरमा लुकेर नबस्न चेतावनी दिए । सुशान्त सिंह राजपुतको निधनबारे केही पनि नबोलेको भन्दै उनले सलमानलाई अनावश्यक विवादमा तान्ने प्रयास गरेका थिए । अब, सलमानले घुमाउरो शैलीमा अर्णवलाई जवाफ फर्काएका छन् । सलमानले आफूले संचालन गर्दै आएको रियालिटी शो ‘बीग बोस’ मार्फत जवाफ दिएका हुन् ।



    उनले, टीआरपीका लागि अनावश्यक रुपमा आफ्नो नाम लिने मिडियाकर्मीलाई जवाफ दिदै भने–‘हाम्रो चलचित्र कसले हेर्छ, जनताले । यसको अर्थ हामी सबैलाई टीआरपी चाहिएको छ । तर, यसको मतलब यो होइन कि तपाई जे पनि गर्नुहोस् । तपाइलाई इमान्दार भएर काम गर्न आवश्यक छ । झुटो खबर कराएर बोल्दैमा केही हुनेवाला छैन । यही कारणले गर्दा तपाइलाई दर्शकले लामो समयसम्म हेर्दैनन् । जे मलाई भन्नु थियो मैले घुमाउरो शैलीमा भनेको छु ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार