Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना छ : छिरिङ डोल्मा शेर्पा

    सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना छ : छिरिङ डोल्मा शेर्पा

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । कतिपय मानिस एकक्षेत्रमा रमाएर जीवन बिताउने गर्दछन् । तर उनी भने, मोडलिङ, अभिनय, पर्यटन, शिक्षा र समाजसेवा जस्ता विभिन्न क्षेत्रमा क्रियाशील रहँदै आएकी छिन् ।

    उनको आगामी लक्ष्य मोडलिङबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने रहेको छ । उनी अर्थात छिरिङ डोल्मा शेर्पा । शेर्पा ‘मिसेस नेपाल टुरिजम–२०१९’की शीर्ष उपाधि विजेता हुन् ।



    देशभरबाट छानिएका ४८ प्रतियोगीलाई पछि पर्दै उनले पर्यटन सुन्दरीको उपाधिका साथै बेष्ट हेयर अवार्ड समेत हात पारेकी थिइन् । ‘राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको बिजेता त बने’, शेर्पाले भनिन्, ‘अब यस्तै अन्तर्राष्ट्रिय उपाधि नेपाल भित्र्याउने लक्ष्य रहेको छ ।’



    शेर्पा धेरै वर्ष अगाडिदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकी छन् । त्यसैले पनि उनलाई यो उपाधि जित्न सजिलो भएको हो । ‘यहि अनुभव अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पोख्न पाए उपाधि हात पथ्र्याे होला’, उनले थपिन् ।

    उनी आफ्नो समुदायमा समेत लोकप्रिय छिन् । समुदायमा आयोजना हुने जुनै कार्यक्रममा उनको सानैदेखि सहभागिता रहँदै आएको छ । काठमाडौं– ६ बौद्ध, फूलबारीकी उनी मोडल तथा अभिनेत्री पनि हुन् । अभिनेत्रीको रुपमा छायाँकन तयारीमा रहेको फिल्म ‘मुसी’मा देखिदै छिन् । मोडलिङको रुपमा उनले धेरै काम गरिसकेकी छन् ।
    तीजका दुई सहित ३ म्युजिक भिडियो अभिनय गरेकी उनको मोडलिङ यात्रा यतिमात्र कहाँ हो र । २०५५ सालदेखि उनी -यापशोमा देखिन थालेकी हुन् । सो समय प्रभा अमात्यद्वारा होटल सोल्टीमा आयोजित फेसन शोमा -याम्पवाक गरेकी उनीसँग चर्चित मोडल महेश श्रेष्ठसँग मोडलिङ गरेको अनुभव पनि छ ।

    उनी नेपाल राष्ट्रिय मोडलिङ संघको आजीवन सदस्य पनि हुन् । उनी मोडलिबाट बिभिन्न सेवा समेत गर्दै आइरहेकी छन् । उनी नेपालको टप मोडल मध्यकी एक हुन् । एक्सट्रअर्डिनरी मोडलमा पनि पर्दछिन् ।

    मोडलिङ क्यारिएरवाट संस्कृति र पर्यटन सद्भावना दूत भएर उनले नेपालको पर्यटन प्रर्बद्धनमा समेत उच्च स्तरको योगदान दिदै आएकी छन् । उनी गत वर्षको अक्टोबर नेपाल पर्याटन बोडबाट दुई वर्षका लागि टुरिजम एण्ड कल्चर गुडबिल एम्बेसडर भएलगतै नेपालको प्रर्याटन प्रचार प्रसारका लागि समेत अमेरिकाको १२ राज्यमा पुगेकी थिइन् ।

    कामको माध्यमबाट उनी नेपाली मोडलिङ क्षेत्रको उचाहिमा पुग्न समेत सफल भएकी छन् । उनलाई आज धेरै मोडलले पनि फलो गर्ने गर्दछन् । ‘शिक्षाबिनाको मानव जीवन अन्धकारमय छ’ भन्ने धारणाकी शेर्पा हिमाल आरोहणका क्रममा ज्यान गुमाउने नेपाली दाजुभाइ दिदीबहिनीहरूका सन्तानलाई शिक्षाको ब्यवस्था समेत मिलाउँदै आएकी छन् ।
    बिभिन्न सौन्दर्य प्रतियोगिता, बालप्रतियोगितामा निर्णायक तथा अतिथिको भूमिका समेत निर्बाह गर्दै आएकी उनले अमेरिकामा आयोजित ७औँ ‘मिस नेपाल युएस २०१९’मा समेत निर्णायको जिम्बेवारी बहन गरेकी थिइन् ।

    सानैदेखि अध्यायनमा अब्बल र नृत्य, गीतसंगीतमा रुचि राख्ने उनको खेलकुदमा पनि सक्रियता त्यतिकै रहन्थ्यो । बिद्यार्थी जीवनमा स्कुल गल्र्स भलिबल च्याम्पियन रहेकी उनले सो समय बिभिन्न प्रतियोगितामा पनि भाग लिने गर्दथिन् ।

    दुई बर्ष स्कुल हाउस क्याप्टेन समेत बनेकी उनी संगीतको बिद्यार्थी पनि हुन् । बरिष्ठ गायिका कुन्ती मोक्तान र सांगीतिक ब्याण्ड १९७४ एडीका गितारिष्ट फिरोज स्याङ्देनसँग उनले संगीत प्रशिक्षण लिएकी छन् ।

    सन् १९७८ मा घरकी कान्छी छोरीका रूपमा जन्मेकी उनी एकपछि अर्काे नविनत काम गर्न रुचाउछिन् । धेरै क्षेत्रमा सक्रिय उनलाई समय व्यवस्थापनमा पक्कै पनि गार्हो परेको त होला ? ‘चाहना भयो भने कुनै कुरा असम्भव छैन ।

    थोरै दुःख होला, मेहनत बढी गर्नुपर्ला तर गाह्रो छैन’ उनले अरुका लागि समेत हौसला मिल्ने शब्द बोलिन् । निकत भविश्यमा देशको बिकट स्थानमा पुगेर सेवामुलक कार्य गर्ने योजना बनाएकी उनको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको उपाधि चुम्ने र देशमा सौदर्य प्रतियोगिता आयोजना सपना रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार