Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नागरिक खान नपाएरै भोकै, गोदाममै चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति !

    नागरिक खान नपाएरै भोकै, गोदाममै चामल कुहाउने कर्मचारीलाई अख्तियारको उन्मुक्ति !

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित गोदाममा रहेको लाखौं रुपैयाँबराबरको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिने तयारी गरेको छ ।

    हुम्ला, जुम्ला, बाजुरालगायतका विकट जिल्लाका नागरिकले भोकभोकै बस्नु परिरहेको बेला अख्तियारले थापाथली गोदाममै ४ सय ८७ क्विन्टल २२ किलो बास्मती चामल कुहाउने कम्पनीका कर्मचारीलाई उन्मुक्ति दिन लागेको हो ।



    कम्पनीका कर्मचारीको चरम लापरवाहीका कारण गोदाममै ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको थियो ।  अख्तियार स्वयं नै आरोपित कर्मचारीलाई उन्मुक्ति दिन क्रियाशील भएको स्रोतको दाबी छ ।



    स्रोतका अनुसार १० महिना लामो अनुसन्धानपछि चामल कुहाउने कर्मचारीविरुद्ध अदालतमा मुद्दा दायरको तयारी भइरहेको बेला अख्तियार आँफै पछि हटेको छ ।

    अख्तियारले लाखौंको चामल कुहाउने कर्मचारीलाई उन्मुक्ति दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको गुणस्तर परीक्षण गरी खानयोग्य नभएको प्रमाणित गरिसकेको चामललाई पुनः खाद्य कम्पनीलाई केही प्यारामिटर परिक्षण गरी ल्याउन भनेको छ ।

    सो गोदामको चामल खान योग्न नभएको भन्दै १ पुस २०७६ मै ‘नष्ट गर्नुपर्ने’ भनेर मुचुल्कसमेत भइसकेको छ । सो चामल नष्ट गर्नुबाहेक विल्कप नरहेको अवस्थामा अख्तियारले कम्पनीका कर्मचारीलाई कारबाही हुनबाट बचाउन विभिन्न खेल खेलिरहेको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार गोदाममा कुहिएको चामल नष्ट गर्दा कर्मचारीले सो चामलको क्षतिपूर्ति तिर्नु नपर्ने हुँदा कम्पनीका कर्मचारी र अनुसन्धानमा खटिएका अख्तियारका कर्मचारी सो मुद्दालाई ढाकछोप गर्न लागिपरेका हुन् ।

    गोदामको चामल पूरै नष्ट गर्नुपर्दा लापरवाही गर्ने कर्मचारीले कम्पनीको गोदाममा कुहिएको चामलको ४० लाख ४३ हजार ९२६ रुपैयाँ क्षतिपुर्ति तिर्नु पर्नेछ । सो क्षतिपूर्ति तिर्नबाट बच्न खाद्यका कर्मचारीले अख्तियार कर्मचारीलाई प्रभावमा पारेका हुन् ।

    कम्पनीका अनुसार आर्थिक वर्ष २०७२-७३ मा जनकपुर मिलबाट ल्याइएको करिब ५ हजार क्विन्टल चामलमध्ये ४८७ क्विन्टल २२ किलो बास्मती चामल कुहिएको हो ।

    धान किन्दा र कुटाउँदासम्म कम्पनीको लागत प्रतिकिलो ६८ रुपैयाँ मात्र परेको थियो । सो चामल काठमाडौं आइपुग्दा प्रतिकिलो तीन रुपैयाँले ढुवानी भाडा जोड्दा ७१ रुपैयाँ हुन पुगेको थियो ।

    कम्पनीले निजी व्यापारी जस्तै उपभोक्ताबाट बढी नाफा असुल्नका लागि चामलको प्रतिकिलो १३० रुपैयाँ मूल्य निर्धारण गरेको स्रोतको दाबी छ ।

    प्रतिकिलो ८३ रुपैयाँका दरले हिसाब गर्दा ४० लाख ४३ हजार ९२६ रुपैयाँको चामल गोदामै कुहिएको छ। (कौशिला कुँवर राजधानी दैनिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार