Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना संक्रमितको संख्या ४ करोड नाघ्दा मृतकको संख्या ११ लाख नाघे

    कोरोना संक्रमितको संख्या ४ करोड नाघ्दा मृतकको संख्या ११ लाख नाघे

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ९ सय २६ नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा संक्रमितको संख्या ४ करोड २ लाख ७८ हजार २ सय १८ पुगेको हो ।

    त्यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख १८ हजार ३ सय २१ पुगेको छ ।



    हालसम्मको तथ्यांक अनुसार संक्रमितमध्ये ३ करोड १ लाख १२ हजार २ सय ४ जना कोरोनामुक्त भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ९० लाख ४७ हजार ६ सय ८२ जना रहेका छन् ।



    अहिलेसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिका शीर्षस्थानमा रहेको छ भने संक्रमितमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन् भने कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।

    दिन प्रतिदिन संक्रमित र मृतकको संख्य बढिरहेको नेपाल भने १ लाख ३२ हजार २ सय ४६ संक्रमित सहित विश्वकै ३५ औं नम्बरमा रहेको छ । नेपालमा हालसम्म कोरोनाका कारा ७ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार