Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सीआईबीद्वारा अपहरण र ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैँ । संगठीत रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जिल्ला झापा धाईजन गा.वि.स. वडा नं ०३ हाल मेचीनगर नगरपालिका वडा नं १२ मा बस्ने नरेश मेचे रहेका छन्।

२०७१ माघ १८ गते झापा बि.न.पा. ६ बस्ने सुनिल कुमार अग्रवाल (विन्दल) लाई प्रतिवादी मेचेसहित बजरंग पन्सारी (अग्रवाल) समेतले हतियार देखाई विभिन्न डर त्रासमा पारी अपहरण गरी एम्बुलेन्समा झापा धरमपुर-२ स्थितमा रहेको हर्क बहादुर कन्दको घरमा बन्धक बनाई राखेको अवस्थामा मिति माघ २३ गते प्रहरीले बन्धक बनाएको स्थानबाट पिडितलाई मुक्त बनाएको थियाे

सीआईबीका प्रमुख डिआईजी सहकुल थापाका अनुसार सो क्रममा अपहरणकारी र प्रहरी विच गोली चल्दा १ जना प्रहरी कर्मचारी समेत घाईते हुन गएकोले मेचेमाथि संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाइ फरारले हुनाले विशेष सूचनाकाे आधारमा प्रकाउ गरिएकाे हाे।

मेचेको हकमा सम्मानित झापा जिल्ला २०७३ असार २१ गतेको आदेशले १७ वर्ष कैद र एक लाख पचास हजार जरिवाना फैसला भई हालसम्म फरार रहेकोमा खोजतलास गर्दै जाँदा काठमाण्डौ का.म.न.पा. वडा नं २९ स्थित नयाँ बसपार्क, गँगबुबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाईएको डिआईजी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077