Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भाँडा खसालेको निहुँमा आफ्नै काकाको हत्या गर्ने भतिज पक्राउ

    भाँडा खसालेको निहुँमा आफ्नै काकाको हत्या गर्ने भतिज पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.6K
    SHARES

    कास्की।जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै काकाको हत्या गरेको अभियोगमा भतिजलाई पक्राउ गरेको छ ।

    आफ्नै काका ५५ वर्षीय टंक बहादुर तामाङको हत्या गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-५ बान्द्रे घर भएका ४६ वर्षीय ईन्द्र बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।



    पोखरा महानगरपालिका-२० मजुवा बिसौना बिजयपुर कोट पर्यटकीय पैदल मार्ग निर्माणको काम गर्दै आएका टंक बहादुर वैशाख १ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेला परेका थिए ।



    उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा उक्त कार्यमा संलग्न ईन्द्रलाई लमजुङ मध्यनेपाल नगरपालिका-२ सोतीपसलबाट पक्राउ गरेको हो ।

    गत वैशाख २० गते बेलुका टंक र ईन्द्र समेतका व्यक्तिहरुले रक्सी सेवन गरी बसेकोमा भाँडा खसालेको बिषयमा टंक र ईन्द्रबीच चर्काचर्की झगडा हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

    ईन्द्रमाथि ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार