Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

    प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार एब विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइनुपर्ने हुन सक्ने औंल्याउँदै दसैंको बेला बिदा नबस्न निर्देशन दिएका छन् । चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहले औंल्याएको छ ।



    ‘जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय गर्न गराउन दसैं बिदाको अवधिमा प्रजिअ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइसकिएको छ,’गृहको विज्ञप्तिमा भनिएको छ ।



    गृहको परिपत्रसँगै प्रजिअहरूलाई बिदा बस्न रोक लागेको छ । गृहले निर्देशन दिनुभन्दा अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नछाड्न सर्कुलर गरिसकेको छ । गृहले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न पनि आम सर्वसाधारणसँग आग्रह गरेको छ ।

    आवश्यक कामबाहेक घर बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, भोजभतेर नगर्न तथा जो–जहाँ छ, त्यहीँ बसेर पर्व मनाउन पनि आग्रह गरेको छ । यसैबीच गृह मन्त्रालयले कफ्र्यु र संकटकाल घोषणा नहुने भएकाले हल्लाका पछि नलाग्न पनि आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार