Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिकासहित)

    कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिकासहित)

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएकाे कक्षा १२ को परीक्षा मंसिरमा गर्नेगरी परीक्षा तालिका र कार्यविधिसमेत तयार भइसकेकाे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।



    नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।



    परीक्षा विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने गरी तालिका सार्वजनिक गरिएको छ ।

    कोरोना संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार