Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • गैंडाको खागसहित कारोबारी पक्राउ

    गैंडाको खागसहित कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 4.6K
    SHARES

    काठमाडाैँ । गैंडाको खागसहित एक कारोबारीलाई प्रहरीले पक्राउ गरेकाे छ।

    संरक्षित वन्य जन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको सुचनाको आधारमा अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उक्त खागसहित सुनसरी ईनरुवा न.पा.-७ हाल काडमाडाैँ- १२ कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेकाे हाे।



    काठमाडौं-६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट प्रहरीले रिजाललाई पक्राउ गरेकाे हाे। रिजालल गैंडाको खाग बिक्री गर्न हिडेकाे अवस्थामा पक्राउ परेका हुन्



    महाशाखाका अनुसार रिजाललाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार