Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्वी नवलपरासीका दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु

    पूर्वी नवलपरासीका दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    चितवन ।  पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित बिरामीको निधन भएको छ । उनीहरु होम आइसोलसनमा बस्दै आएका आएका थिए ।

    गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



    र दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।



    यता चितवनमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ जनासहित ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार