Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पोर्न भिडियो सुटिङ गरेको भन्दै पूनम पाण्डेविरुद्ध प्रहरीमा एफआईआर दर्ता

    पोर्न भिडियो सुटिङ गरेको भन्दै पूनम पाण्डेविरुद्ध प्रहरीमा एफआईआर दर्ता

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 4.2K
    SHARES

    एजेन्सी। बलिउड अभिनेत्री पूनम पाण्डेले अश्लिल भिडियो सुटिङ गरेको भन्दै प्रहरीमा अज्ञात व्यक्तिको बिरूद्ध एफआईआर दर्ता भएको छ।

    गोवा फरवार्ड पार्टीको महिला शाखाले पूनम पाण्डेको बिरूद्ध चापोली बाँधमा अश्‍लील भिडियोको सुटिङ गरेको भनेर उजुरी गरेको वताइएको छ ।



    पूनमलाई गोवाको चापोली बाँधमा अश्लील भिडियोको सुटिङ गरेको आरोप लगाइएको छ।



    पूनम पाण्डे सेप्टेम्बरमा आफ्नो विवाहको बारेमा चर्चामा थिइन। उनले प्रेमी साम बम्बईसँग विवाह गरिन । विवाह भएको केही दिन पछि पूनम पाण्डेले उनको पतिमाथि कुटपिट गरेको आरोप लगाइन्।

    एफआईआर दर्ता गरियो। यसको लगत्तै पूनमले आफ्नो पतिसँग फोटो र भिडियोहरू शेयर गरिन र  सबै ठीकठाक भएको वताइन ।

    पूनम पाण्डेले पनि उनको बिरूद्ध भएको खबरको स्पष्टीकरण दिएकी थिइन। पूनम पाण्डेले उक्त गिरफ्तारीलाई स्पष्ट रूपमा इन्कार गरेका थिए।

    पूनम पाण्डेको कुरा गर्दा उनी हिन्दी, कन्नड र तेलगु भाषामा देखा पर्छिन्। पूनमले बलिउडमा फिल्म नशाबाट बलिउडमा डेब्यू गरेकी थिइन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार