Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अबैध ४० लाख रुपैयाँसहित नागढुंगाबाट गुप्ता पक्राउ

    अबैध ४० लाख रुपैयाँसहित नागढुंगाबाट गुप्ता पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अबैध ४० लाख रुपैयाँसहित नागढुंगाबाट एकजना व्यक्ति  पक्राउ परेका छन्।

    स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय ब्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।



    बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।



    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार