Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सल्यानमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

    सल्यानमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सल्यानमा शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।



    दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    जिपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

    प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार