Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना भाइरसबाट विश्वमा १२ लाख ५० हजारभन्दा बढीको मृत्यु

    कोरोना भाइरसबाट विश्वमा १२ लाख ५० हजारभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।

    गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।



    संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।



    अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

    मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार