Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतद्धारा नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान

    भारतद्धारा नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग गर्न उद्देश्यले भारत सरकारले २८ वटा आइसीयु भेन्टिलेटर प्रदान गरेको छ ।

    नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आज आइसीयु भेन्टिलेटर प्रदान गरेका हुन् ।



    यस अघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट ९आरटी–पिसिआर०, श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ ।



    हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार