Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ट्रम्प समर्थक पुटिनले बधाई दिन चाहेनन् बाइडेनलाई

    ट्रम्प समर्थक पुटिनले बधाई दिन चाहेनन् बाइडेनलाई

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकी राष्ट्रपति पदमा जो बाइडेन निर्वाचित भएको घोषणा भएसँगै विश्वभरका सरकार प्रमुख र राष्ट्रप्रमुखले बधाइ सन्देश पठाए । तर, केही देशहरुले भने अझैसम्म बधाइ सन्देश पठाएका छैनन् । अहिलेसम्म चुपचाप रहेका केही सरकारप्रमुखहरु अमेरिकाका हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट पनि मानिन्छन् ।

    मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओब्रेडरले ट्रम्पको साथ दिँदै जबसम्म कानुनी लडाइँ समाप्त हुँदैन तबसम्म बाइडेनलाई जीतको बधाइ नदिने प्रस्ट बताएका छन् । लोपेजले एक पत्रकार सम्मेलनको क्रममा जबसम्म अमेरिकी निर्वाचनसँग सम्बन्धित कानुनी समस्याहरु सकिँदैनन् तबसम्म आफू यसबाटै टाढै बस्ने बताएका छन् । आफूले हतार गर्न नचाहेको बताउँदै लोपेजले आफ्नो देशको बाइडेन र ट्रम्प दुवैसँग राम्रो सम्बन्ध रहेको पनि बताए । उनले आफूप्रति ट्रम्पको व्यवहार पनि सम्मानजनक रहेको बताए ।



    ब्राजिलका राष्ट्रपति जेन बोल्सेनारोले पनि बाइडेनलाई बधाइ दिएका छैनन् । बोल्सेनारोलाई ट्रम्पको कपी पनि मानिन्छ । यी दुईको विचारधाराको पटक पटक तुलना गर्ने गरिन्छ । बोल्सेनारोले पनि बाइडेनलाई जीतको बधाइ दिएका छैनन् । यसअघि बाइडेनले अमेजनको जंगलमा बर्बादी यस्तै गरी जारी रहने हो भने ब्राजिलले नोक्सानी ब्यहोर्नुपर्ने भनेका थिए जसलाई बोल्सेनारोले निकै खतरनाक टिप्पणी बताएका थिए ।



    बाइडेनलाई बधाइ नदिने शक्तिशाली नेता रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि हुन् । पुटिनले चुनाबअघि रुस कुनै पनि अमेरिकी नेतासँग काम गर्न तयार रहेको बताएका थिए । तर, बाइडेनको जीतपछि रुसको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । रुसमाथि २०१६ मा अमेरिकी राष्ट्रपति चुनाबमा हस्तक्षेप गरेर ट्रम्पलाई जिताउन सहयोग गरेको आरोप लागेको थियो । पुटिनले ट्रम्पप्रति सहानुभूति दर्शाएको भन्दै बाइडेन र उनको पार्टीले पुटिनको आलोचना पनि गर्ने गरेका छन् । गत महिना बाइडेनले रुसलाई अमेरिकी राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा भनेका थिए ।

    पुटिनले बाइडेनका विषयमा कुनै प्रतिक्रिया नदिएका बेला रुसका विपक्षी नेता एल्केसी नाभेल्नीले भने आइतबार बाइडेनलाई बधाइ दिएका छन् । नाभेल्नीलाई हालै उडानका क्रममा जहाजमा विष दिइएको थियो । रुसको संसदको विदेश मामिला सम्बन्धी समितिका प्रमुख लियोनिद स्लत्स्कीले भने रुसी सरकारी समाचार एजेन्सी ताससँग कुरा गर्दै बाइडेनले रुसप्रति अमेरिकी नीतिमा शायदै सकारात्मक परिवर्तन ल्याउने बताएका थिए । स्लत्स्कीले बाइडेन उपराष्ट्रपति हुँदा निजी रुपमा रुसविरुद्ध प्रतिबन्धको पक्षमा वकालत गरेको बताए ।

    तर्कीका राष्ट्रपति रेचेप तैयब एर्दवानले पनि अहिलेसम्म बाइडेनलाई बधाइ दिएका छैनन् । टर्कीको विदेश मन्त्रालयले पनि आइतबार अफ्रिकी देश गिनीको राष्ट्रपति पदका विजेता अल्फा कोन्डेलाई बधाइ दिँदा अमेरिकी राष्ट्रपति पदका विजेता बाइडेनबारे केही उल्लेख गरेको छैन । टर्कीलाई पनि बाइडेनको जीतले नोक्सानी हुने सम्भावना छ । टर्कीले विदेशमा लगातार गरिरहेको सैन्य हस्तक्षेप र रुससँग उसको निकटताविरुद्ध बाइडेनले कडा रवैया अपनाउने अनुमान गरिएको छ । टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले भने आइतबार बाइडेनको जीतले दुई देशको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार