Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कोरोनाको नाममा ह्याम्स अस्पतालको ठगी धन्दा, ‘लाश’ माथि पनि ब्यापार !

    कोरोनाको नाममा ह्याम्स अस्पतालको ठगी धन्दा, ‘लाश’ माथि पनि ब्यापार !

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितको उपचार निशुल्क गर्न आदेश जारी गरेपनि मन्त्रीपरिषद्ले गरेको निर्णयमा टेकेर सरकारी तथा निजी अस्पतालहरुले कोरोना उपचारको नाममा रकम असुलेकामाात्र छैनन्, लाशमाथि पनि ठगी धन्दा चलाइरहेका छन् ।

    अस्पतालले लाशमाथि गरेको लुटतन्त्रमा सरकारको नै साथ रहेको छ । राज्य र कानुनलाई चुनौति दिँदै उपचारको नाममा मनपरी शुल्क असुल्ने काठमाडौंको धुम्बाराहीमा रहेको निजी अस्पताल ह्याम्सले लाशमाथि पनि ठगी धन्दा गरेको रहस्य खुलेको छ ।



    ह्याम्स अस्पतालले लाशमाथि असुली गरेको पछिल्लो घटना केशव खकुरालको हाे। कोरोना संक्रमित खकुरालको पाटन अस्पतालको आसीयूमा १० दिन राख्दा पनि उपचार सम्भव नभएपछि आफन्तले उनलाई ह्याम्स अस्पताल पुर्याएका थिए ।



    कात्तिक ११ गते ह्याम्स अस्पताल भर्ना भएका खकुरालको परिवारसँग अस्पताल प्रशासनले ‘चिन्ता लिनु पर्दैन विरामी ठिक हुन्छ’ भनी पटक–पटक गरी ७ दिनमा ६ लाख रुपैयाँ असुल्यो ।

    यति हुँदासम्म पनि परिवार भने विरामी निको हुनेमा ढुक्क थिए । दशौं दिनमा पनि बिरामीको स्वास्थमा सुधार भएको दाबी गर्ने ह्याम्सले ११ दिन अर्थात् हिजो (आईतबार) भने मुटुले काम गर्न छाड्यो, तपाईको बिरामी लैजान सक्नु हुन्छ भन्दै फोन गरेर आफन्तलाई जानकारी गरायो ।

    यतिसम्म पनि परिवारले ठिकै छ उपचार गर्दा गर्दै पनि सम्भव भएन भन्ने सोचे र विरामीको लाश लिन अस्पताल पुगे । तर, त्यहाँ फेरि उनीहरु झसंग भए । किनकी ६ लाख रूपैयाँ असुलिसकेको अस्पतालले शव निकाल्नका लागि थप ५ लाख माग्यो र कोरोना रिपोट नेगेटिभ आएको भन्दै आफैले दाहसंस्कार गर्न लैजान भन्यो ।

    ह्याम्सले डिपोजिटको नाममा मात्रै विरामीका आफन्तसँग ठगी गरेको छैन । स्वास्थ्य सामाग्रीमा पनि उत्तिकै ठगी गरेको पाइएको छ । बजारमा हामी जो कोहीले किन्दा पनि ३० रुपैंयामा सजिलै पाइने केएन ९५ मास्कलाई ह्याम्सले भने २०० रुपैयाँ लिएको छ भने एन९५ मास्को ४६१ रुपैयाँ असुलेको छ । विलमा प्रष्टसँग मास्कको मूल्य उल्लेख भएका छन् ।

    यसरी ३० रूपैयाँकाे माक्समा ४०० रूपैयाँसम्म असुल्ने ह्यम्सले अन्य शिर्षकमा कति असुलेकाे हाेला ? कसले अनुगमन गर्ने ?

    यस विषयमा ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीसँग अनलाइन नेपालले पटक–पटक सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

    यसअघि बुटवलका एक कोरोना संक्रमित विरामीसँग पनि ह्याम्सले ३६ लाख रुपैयाँ असुली गरेको घटना सार्वजनिक भइसकेको छ । ती विरामीकाे मृत्यु भइसकेकाे छ ।

    तर, लुटधन्दा मच्चाउन छुट दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री र सम्बन्धित निकाय भने अझै चुप छन् । स्वास्थ्य सचिव लक्ष्मण अर्याल त उल्टै अस्पतालको आर्थिक अवस्था कमजोर भएकाले कोराना संक्रमितसँग पनि रकम लिन छुट दिएको जवाफ दिन पछि पर्दैनन् ।

    त्यसो त यस अघि पनि ह्याम्सको लुट धन्दाविरुद्ध पटक–पटक आवाज उठ्दै आएका छन्। आफ्ना चालक दलका सदस्यहरूको उपचारबापत ह्याम्सले मनलाग्दी शुल्क उठाएको भन्दै नेपाल वायुसेवा निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको थियो।

    गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँच दिनसम्म सामान्य उपचार गरिएको थियो। प्रतिदिन एकजनाको ३० हजार ९ सय रुपैयाँका दरले उनीहरूबाट रकम असुलिएको थियो।

    जबकि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने सामान्य संक्रमितको सरकारले दैनिक शुल्क १४ हजार पाँच सय ६ रुपैयाँ मात्रै तोकेको छ। तर, पनि अझैसम्म ह्याम्समाथि कुनै पनि कारबाही हुन सकेको छैन ।

    त्यसैगरी कोरोनाको नाममाम लुट धन्दा चलाउने अर्को अस्पताल हो,राजधानीको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ।

    ग्राण्डीले पनि एक मृतकको शवमाथि कमाउ धन्दा चलाएको यस अघि नै खुलिसकेको छ ।

    कार्तिकको दोस्रो साता निमोनिया भएको भन्दै ग्राण्डी अस्पताल भर्ना भएका ३७ वर्षिय पुष्प रिसालको रहस्यमयी रुपमा मृत्यु भएपछि अस्पतालमाथि चरम लापरबाही गरेको आरोप लागेको थियो ।

    मृतक पुष्पका दाई चित्र बहादुर रसाइलीका अनुसार निमोनियाबाट ग्रस्त बनेका उनका भाई पुष्पलाई अस्पतालले कोरोनाको आशंकामा इमरजेन्सी वाड हुँदै हतारमा आइसियुमा लगिएको थियो ।

    ‘मलाई आइसियुमा नलैजाउ, त्यहाँ लगे भने मलाई मार्छन् भनेर मेरो भाई चिच्याउँदै गर्दा डाक्टरहरुले जबरजस्ती बेहोस् बनाएर आइसियुमा लगे,’ मृतकका दाई रसाइलीले भनेका थिए–‘त्यसपिछ हामी परिवारको सदस्यहरु कसैलाई पनि भेट्न दिएन र दिनको पचास हजार रुपैयाँको दरले पैसा मागियो ।’

    उनीहरुले डाक्टरले भने अनुसार नै दैनिक ५० हजार रुपैयाँ बुझाए । चिकित्सकहरुलाई विरामीको अवस्था बुझ्दा कोरोना पोजेटिभ छ भन्ने गरेको उनले बताए ।

    एक हप्ता यता भने अस्पतालले विरामीको अवस्था चिन्ताजनक रहेको भन्दै दैनिक ३ लाख रुपैयाँको दरले असुल गरेको पीडित मृतकका आफन्तको भनाई छ ।

    पुष्पको मृत्यु भइसकेपछि पनि अस्पतालले ८ लाख असुल्न खोजेको थियो । तर, आफन्तले पैसा छैन भनेपछि मात्रै अस्पतालले पुष्पलाई मृत घोषणा गरेको परिवारले यस अघि नै खुलाइसकेका छन् ।

    त्यसैगरी मेडिसिटी अस्पतालले भने कोरोनाका विरामीसँग मात्रै होइन, गर्भवती महिलासँग पनि असुली गरेको खुलिसकेको छ । एक गर्भवती महिलालाई एचआईभी पोजेटिभ भएको भन्दै नक्कली रिपोर्ट बनाएर असुलेको यस अघि नै खुलिसकेको छ ।

    मेडिसिटीले कोरोना परीक्षण गराएर २ घण्टामात्र अस्पतालमा राखेकाे कमला दाहालसँग पनि ८२ हजार असुलेकाे सार्वजनिक भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार